१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

ला लिगामा रियल र एथ्लेटिकोले खेले बराबरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४९:oo

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले आइतबार मध्यराति भएको खेलमा एथ्लेटिको म्याड्रिडसँग बराबरीमै चित्त बुझाएको छ । दुवैले एक–एक गोलको बराबरी खेले ।

दोस्रो स्थानमा रहेको जिरोनासँग चार अंकको अग्रता लिने अग्रता गुमाए पनि रियल अहिले पनि दुई अंकको अग्रतासहित शीर्ष स्थानमै छ । जिरोना ५६ अंकसहित दोस्रो स्थानमा भने रियलसँग बराबरी गरेको एथ्लेटिको समान २३ खेलमा ४८ अंकसहित चौथो स्थानमा छ । 

अतिरिक्त समयमा सम्हालिन नसक्दा रियलले महत्वपूर्ण दुई अंक गुमाएको हो । खेलमा अग्रता भने रियलले नै लिएको थियो । २०औँ मिनेटमा ब्राहिम डिएजले गोल गर्दै रियललाई जिततर्फ अगाडि बढाएको थियो । 

अभ्यासको क्रममा भिनिसियस चोटग्रस्त भएपछि उनको स्थानमा आएका डिएजले आफूलाई प्रमाणित गर्दै रियललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । तर, पहिलो हाफमै खेल बराबरीमा आयो । पहिलो हाफको इन्जुरी समयमा मार्कोस लोरेन्टले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको पूरा अवधिभर दुवैले गोलका केही राम्रा अवसर पाएका थिए । तर, थप गोल गर्न नसक्दा खेल बराबरीमै सकियो ।  

ad
ad