मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २२ सोमबार
  • Thursday, 19 December, 2024
२o८o माघ २२ सोमबार o६:१o:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

एउटा पुजारी र एक किसान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २२ सोमबार o६:१o:oo

एउटा पुजारी आफ्नो कारबाट कहीँ जाँदै थियो । जाँदै गर्दा उसले बाटोमा एउटा असाधारण रूपले खेतको दृश्य मनमोहक देख्यो र ऊ रोकियो । ऊ कारबाट बाहिर निस्किएर खेतको एकछेउमा उभिँदै मनमनै खेत र लहलह झुलेका बालीको खुब सराहना गर्न थाल्यो ।

केहीबेर उसले मन्त्रमुग्ध भएर एकोहोरो निहारी रह्यो । सो खेतको किसान पनि आफ्नो ट्र्याक्टर लिएर कतै जाँदै थियो । पुजारीलाई खेतको छेउमा उभिएर टकटकी लगाइरहेको देखेर ऊ पनि रोकियो । जहाँ पुजारी थिए, ऊ पनि सोही स्थानमा गयो । पुजारीले उसलाई देखेर भने, ‘भगवान्ले तिमीलाई यस्तो सुन्दर खेत दिनुभएको छ । तिमी यसका लागि आभारी हुनुपर्छ ।’ किसानले उत्तर दिन्छ, ‘हो भगवान्ले मलाई एउटा मनमोहक खेतका साथै भरपुर आशीर्वाद पनि दिएका छन् । म यसका लागि उनीप्रति आभारी छु । तर, तपाईंले यो खेत त्यतिखेर हेर्नुपर्ने थियो जतिखेर यो पूरै बाँझो र रुखो थियो ।’ पुजारी उसको जवाफ सुनेर अवाक भयो ।

 लहलह बाली नहुँदा यो खेत जमिनको एउटा टुक्रा मात्रै थियो । किसानको मिहिनेतले नै यो खेतलाई मनमोहक र अन्नबालीले भरपुर बनाएको हो । अनि भगवान्ले पनि तिनै व्यक्तिलाई मात्र सहयोग गर्छन्, जसले आफैँले आफूलाई मद्दत गर्छन् । भाग्यवादी मानिस केवल चिज एवं घटनाहरूको प्रतीक्षा मात्रै गर्दै बस्छन् । उनीहरू कहिल्यै पनि प्रयास गर्दैनन् । तर, पौरखीहरूले आफ्नो भाग्यको निर्माण आफैँ गर्छन् । चिज एवं घटना निर्माणको भरमग्दुर प्रयास गर्छन् ।