१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २१:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दलित समुदायका विपन्न सुत्केरीलाई न्यानो कपडा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:१४:oo

सिराहाको धनगढीमाई नगरपालिका– १३ मा रहेको मुसहर बस्तीका शीतलहर र चिसोले प्रभावित दलित समुदायका सुत्केरीलाई वडा कार्यालयले एक सहयोगी संस्थाको सहकार्यमा बर्को, न्यानो कम्बल र जुत्तासहित शिशुलाई न्यानो कपडा वितरण गरेको छ । 

धनगढीमाई– १३ का वडाध्यक्ष सूर्यमान तामाङका अनुसार वडामा बसोवास गर्ने मुसहरबस्तीका तीन महिनासम्मका १२ सुत्केरीलाई बर्को, न्यानो कम्बल र जाडोमा लगाउने न्यानो जुत्तासहित शिशुहरूलाई न्यानो कपडा वितरण गरिएको हो । 

लहानस्थित दलित जनकल्याण युवा क्लबको सहयोगमा स्थानीय अधिकार कार्यक्रमअन्तर्गत सुत्केरी र तिनका शिशुलाई न्यानो कपडासहितको सामग्री बाँडिएको वडाध्यक्ष तामाङले जानकारी दिए । 

वडा कार्यालयपरिसरमा आयोजित कार्यक्रममा एक महिनाका दुई, दुई महिनाका चार र तीन महिनासम्मका ६ जना गरी १२ सुत्केरी र तिनका १२ नवजात शिशुलाई न्यानो सामग्री वितरण गरिएको हो । 

आफू र शिशुलाई न्यानो कपडासहितको सामग्री पाएपछि सुत्केरी श्यामकुमारी सदायले खुसी व्यक्त गरिन् । ‘श्रीमानकाे मजदुरीको भरमा जसोतसो हातमुख जोडिए पनि जाडोमा न्यानो कपडा नहुँदा सुत्केरी ज्यान नै जालाजस्तो हुन्थ्यो,’ उनले भने, ‘यस्तो वेला पाएको न्यानो कम्बल बर्कोले ठूलो राहत मिलेको महसुस भएको छ ।’ 

ad
ad