मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १९ शुक्रबार
  • Wednesday, 05 February, 2025
२o८o माघ १९ शुक्रबार १२:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कावासोतीमा दोस्रो नेपाल चरा उत्सव हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १९ शुक्रबार १२:२८:oo

पूर्वी नवलपरासीको कावासोतीमा दोस्रो नेपाल चरा उत्सव हुने भएको छ । बिहीबार कावासोतीमा पत्रकार सम्मेलन गरी आयोजक संस्था पोखरा पक्षी समाजले यस्तो जानकारी दिएको हो ।

आयोजकका अनुसार चरा महोत्सव माघ २६ गतेदेखि २८ गतेसम्म तीन दिन कावासोती– १३, नवलपुरमा हुनेछ। उत्सवको सहआयोजकको रूपमा कावासोतीको जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र बर्ड एजुकेसन सोसाइटी रहेको छ।

नेपालमा सन् २०१८ मा पहिलोपटक चरा उत्सव भएको भए पनि त्यसलाई स्तर उन्नति गरी सन् २०१९ मा ‘पहिलो नेपाल चरा उत्सव’ मनाइएको थियो। दोस्रो नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेका अनुसार बर्सेनि उत्सव गर्नुपर्ने भए पनि कोभिडका कारण रोकिएकोमा यस वर्षदेखि पुनः सुरु गर्न लागिएको हो ।

उत्सवको चार हजार पाँच सय स्थानीय र विद्यार्थीले अवलोकन गर्ने र पक्षी तथा जैविक विविधताको क्षेत्रमा काम गर्ने ३९ वटा संघसंस्थाका प्रतिनिधि, भारत, भुटान, श्रीलंका, मलेसिया, हङकङ, सिंगापुर, फिलिपिन्स, जापान, स्विट्जरल्यान्ड, अमेरिका, आयरल्यान्ड, बेलायत, ताइवानलगायतबाट टुर अपरेटरलगायतको सहभागिता रहने आयोजकले जनाएको छ।

उत्सवले चरा र वासस्थानको संरक्षण र जनचेतनाका साथसाथै पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास लिएको सहआयोजक बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले बताए।

उत्सवमा पक्षी पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पक्षीकला प्रतियोगिता, पेपर प्रस्तुति, फोटो प्रस्तुति, पक्षी अवलोकन, गिद्धका गतिविधि अवलोकन, जंगल सफारी, लोकसांस्कृतिक प्रस्तुति, पक्षी संगोष्ठी, प्यानल छलफल, विविध स्टल प्रदर्शनी, संरक्षण अवार्ड वितरण, अनुसन्धान अवार्ड वितरण, निःशुल्क स्वास्थ्य शिविरलगायतका गतिविधि रहने सहअयोजक संस्था जटायु रेस्टुरेन्टका व्यवस्थापक धनबहादुर चौधरीले बताए।

नेपालमा आठ सय ९४ प्रजातिका पक्षीहरू पाइन्छन् भने नवलपुरका नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास पाँच सय ६५ प्रजातिका चरा पाइने गरेको पक्षी संरक्षणको क्षेत्रमा काम गर्दै आएका धनबहादुर चौधरीले बताए। उनका अनुसार नेपालमा विश्वमै दुर्लभ मानिएका ४२ प्रजातिका चरा पाइने गरेकोमा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास विश्वमै दुर्लभ मानिएका ३१ प्रजातिका चरा पाइन्छन्।