१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १३ आइतबार ११:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘भूठान’को छायांकन सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार ११:o७:oo

विनोद पौडल निर्देशित चलचित्र ‘भूठान’को छायांकन सकिएको छ । नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्ड ह्यापियस्ट म्यान’ नाम राखिएको यो चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो । यस चलचित्रमा नेपालबाट हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द, ऋचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल र कौशिला खनाल कर्माचार्यको अभिनय छ । 

यसमा भारतबाट अनुराधाम जुमदार तथा अमेरिकाबाट हलिउडका अभिनेता ब्रुस डनलगायत विभिन्न कलाकारको पनि अभिनय रहेको छ । साँघुरोका निर्देशक जोयश पाण्डे र  नाट्य अभिनेता विमल सुवेदी पनि यस चलचित्रमा देखिँदै छन् ।

यो चलचित्रले विश्वबजारमा आफ्नो पहुँच बढाउन सक्ने निर्देशक पौडेलको विश्वास छ । यो  चलचित्रमा ब्रुस डन मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिकहरू पनि जोडिएका छन् । जसले गर्दा चलचित्रको प्राविधिक पक्ष अत्यन्तैै सबल छ ।

निर्देशक पौडलले भने, ‘विश्वले आत्मसात् गर्ने भएकाले यस चलचित्रमार्फत हामी विश्वबजारमा आफ्नो पहुँच बनाउने कुरामा विश्वस्त छौँ । यो सम्पूर्ण नेपाल र नेपालीको गर्वको कुरा हो ।’ याे चलचित्र २०२४ को अन्त्यतिर सार्वजनिक रूपमा प्रदर्शन गरिनेछ । 

ad
ad