मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १६ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ १६ मंगलबार ११:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा रिलायन्सको सञ्चालक समितिको अध्यक्षमा केडिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ १६ मंगलबार ११:१८:oo

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतनलाल केडिया नियुक्त भएका छन् । कम्पनीको छैटौँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरू रतनलाल केडिया, कुमारप्रसाद कोइराला, भरतकुमार तोदी, डा. सुवर्णदास श्रेष्ठ, केशवराज केसी र परीक्षित खेमामध्येबाट सञ्चालक समिति बैठकले केडियालाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त केडियाले नियामक निकाय नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको शपथ गरी अध्यक्षको पदभार ग्रहण गरेका छन् । साथै, अन्य सञ्चालकले सञ्चालक समितिका अध्यक्षसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।