१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ १६ मंगलबार ११:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एनएमबि बैंकको एटिएम तोडफोड गर्ने पक्राउ

Read Time : < 1 मिनेट
२०८० माघ १६ मंगलबार ११:०६:००

एनएमबि बैंकको एटिएम मेसिन तोडफोड गर्ने एकजनालाई कास्की प्रहरीको एक टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका– ९ स्थायी घर भई हाल पोखरा महानगरपालिका– १७ बिरौटा बस्ने वर्ष २७ का राजकुमार भन्ने टीकाराम पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । 

पक्राउ परेका पौडेलले आइतबार राति २३ः४५ बजेको समयमा पोखरा– ५ जिरो किलोमिटरस्थित एनएमबि बैंकको एटिएम मेसिनबाट पैसा चोरी गर्ने उद्देश्यले मेसिन तोडफोड गर्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रवक्ता विकले जानकारी दिए ।

पक्राउ परेका पौडेललाई नियन्त्रणमा लिई सोमबार कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।