१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तीन लाखसँग अझै दुईभन्दा बढी डिम्याट खाता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:२३:oo

सात वर्षदेखि दुईभन्दा बढी डिम्याट खाता खोल्न निरुत्साहित गर्ने भने पनि हालसम्म १० हजार मात्रै खाता बन्द भएका छन् 

धितोपत्र बोर्डले दुईभन्दा बढी डिम्याट खाता खोल्न नपाउने गरी करिब सात वर्षअघि नियम ल्याएको भए पनि खाता खोल्ने क्रम रोकिएको छैन । बोर्डले ०७४ भदौमा डिम्याट खातालाई व्यवस्थित र पारदर्शी गर्ने उद्देश्यले यो नियम कार्यान्वयनमा ल्याएको थियो । 

सुरेश न्यौपाने, प्रवक्ता,सिडिएससी क्लियरिङ लिमिटेड
अहिले दुईभन्दा बढी खाता खोल्नेबित्तिकै उसको सम्बन्धित व्यक्तिको विवरण देखिन्छ, त्यसैले बिस्तारै नियमन गर्दै लैजानुपर्छ ।

बोर्डले त्यस समयमा डिम्याट खाता सञ्चालन कार्य थप व्यवस्थित र पारदर्शी भई लगानीकर्ताको वास्तविक संख्यासमेत यकिन गर्न सहज हुने बताएको थियो । उक्त निर्णय पूर्ण कार्यान्वयनमा आउन नसक्दा दुईभन्दा बढी डिम्याट खाता खोल्नेको संख्या तीन लाखभन्दा बढी रहेको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले जनाएको छ ।

सिडिएससी क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले खाता खोल्ने, नवीकरण नगर्ने र अन्य बैंक तथा वित्तीय संस्था नै पिच्छे खाता खोल्ने हुँदा धेरै खाता हुन पुगेको बताए । उनले भने, ‘अब अहिले दुईभन्दा बढी खाता खोल्नेबित्तिकै उसको सम्बन्धित व्यक्तिको विवरण देखिन्छ, त्यसैले यसलाई अब बिस्तारै नियमन गर्दै लैजानुपर्छ ।’ 

नेपाल धितोपत्र बोर्डका सूचना अधिकारी अम्बिका गिरीले पुनर्विचार गर्ने तयारीमा रहेको बताए । उनले भने, ‘आजभन्दा सात–आठ वर्षअघि लगानीकर्तालाई सेयरको पहुँच पुर्‍याउनका लागि पनि गम्भीर ढंगले नलिएको हुन सक्छ । अब भने यसलाई व्यवस्थित गरेर जाने गरी तयारीमा छौँ ।’ 

कुनै ब्रोकरमा खोलिएको डिम्याट खाता बन्द गरेर लगानीकर्ताले चाहेमा अर्को ब्रोकरकोमा खोल्न सक्ने व्यवस्था छ । लगानीकर्ताले आफूले पहिले खोलेको ब्रोकर वा बैंकमा गएर खाता बन्द गर्न आवेदन दिएमा बन्द हुने व्यवस्था छ ।  

केही समयअघिसम्म यस्ता दुईभन्दा बढी खाता रहेका १० हजार खाता भने बन्द गरिएको सिडिएससीको भनाइ छ । केही वर्षदेखि नै दुईभन्दा धेरै खाता हुने लगानीकर्तालाई नियमन गर्न खोजे पनि नसकिएको न्यौपानेले बताए । उनले भने, ‘कतिपय पुराना डिम्याट खातामा बोनस सेयर आएर बसेको छ, जसले गर्दा त्यस्ता खाता बन्द गर्न सहज छैन ।’ धेरै डिम्याट खाता खोल्नेको संख्या विशेष गरी ठूला लगानीकर्तामा बढी रहेको छ । सिडिएससीका अनुसार हाल ६१ लाख १६ हजार आठ सय ५४ जनाले सेयर खाता खोलेका छन् । १८ देखि ३० वर्ष उमेरकाले सबैभन्दा बढी डिम्याट खाता खोलेका छन् । 

ad
ad