१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २१:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

मच्छिन्द्रलाई हराउँदै जावलाखेल अन्तिम आठमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २१:२६:oo

आहा रारा पोखरा गोल्डकप
मच्छिन्द्र एफसीलाई १–० ले हराउँदै जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । बिहीबार २३औँ संस्करणको तेस्रो प्रिक्वार्टर फाइनलमा जावलाखेललाई हराउन स्ट्राइकर हिसुब थपलियाले निर्णायक गोल गरे । 

३८औँ मिनेटमा हिसुबले गरेको गोल नै खेलको एक मात्र निर्णायक बन्यो । रक्षक सुशीलकुमार यादवले मैदानको मध्यभागबाट दिएको लामो पासलाई सदुपयोग गर्दै मच्छिन्द्रका रक्षक देवेन्द्र तामाङ र गोलकिपर तथा कप्तान विशाल श्रेष्ठलाई बिट गर्दै हिसुबले बललाई जाली चुमाएका थिए ।

निर्णायक खेलमा जावलाखेललाई जित दिलाएका हिसुब प्ले अफ दी म्याच घोषित भए । अब, सेमिफाइनल प्रवेशका लागि जावलाखेलले अर्काे सहिद स्मारक ‘ए’ डिभिजन लिग प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीसँग खेल्नेछ । 

शुक्रबार विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

ad
ad