१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
समाचार डिजिटल संस्करण

अदालत पुर्‍याइएका विकल र सुनीलले म्याद थप रोक्न झिकाए कानुन व्यवसायीको समूह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:o९:oo

भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध–निर्देशक सुनील पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ। म्याद थपका लागि आयोगले अदालत उपस्थित गराएको हो।

पौडेलद्वयले भने म्याद थप रोक्न कानुन व्यवसायीको समूह नै अदालतमा झिकाएको विशेष अदालतका एक अधिकारीले बताए। भ्रष्टाचार मुद्दामा अख्तियारले १८० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी प्रावधान छ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३१ को उपदफा ४ मा ६ महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था छ ।

ad
ad