१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १० बुधबार
  • Saturday, 28 September, 2024
२o८o माघ १० बुधबार o६:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक सय २२ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १० बुधबार o६:४४:oo

लमजुङको दोर्दी करिडोरबाट एक सय २२ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिएको छ । दोर्दी करिडोरमा निर्माण सम्पन्न भई अहिले एक सय २२ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिएको हो । निजी क्षेत्रको २४ अर्ब लगानीमा निर्माण सम्पन्न भएको दोर्दी बेसिनबाट ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२.५ मेगावाटको दोर्दी–१ र र चार मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय ग्रिडमा थपिएको हो ।

आयोजनाको विद्युत् प्रवाह हुने एक सय ३२ केभी दोर्दी कोरिडोर प्रसारणलाइन निर्माण पूरा भएपछि यी आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा थपिएका हुन् । दोर्दी खोलामा स्थानीय र निजी क्षेत्रको अर्बौँको लगानीमा जलविद्युुत् आयोजना निर्माण भएका छन् । निजी क्षेत्र र स्थानीय मिलेर यी आयोजनामा २४ अर्ब लगानी गरेका छन् । एउटै खोलामा भित्रिएको अर्बौँ लगानीले स्थानीयमा रोजगार, व्यापार र विकासका ढोका खुलेका छन् । गाउँ–गाउँमा सडक, पुल, सामुदायिक भवन, विद्यालय सुधार, सिँचाइ, खानेपानी तथा कृषि उत्पादनमा सहयोग पुगेपछि स्थानीय खुसी छन् । 

 झाडीले ढाकेका जग्गाले मूल्य पायो
कुनै वेला कौडीको मूल्यमा नबिक्ने झाडीले ढाकेका जग्गाको मूल्य जलविद्युत् आयोजना निर्माणको क्रमसँगै बढेको छ । उत्पादन लिन नसकेका जग्गा पनि जलविद्युत् आयोजनालाई चाहिँदा र चित्तबुझ्दो मूल्य आएपछि आयोजनालाई जग्गा बिक्री गरेर पनि स्थानीय बासिन्दाले अन्य क्षेत्रमा लगानी गरेका छन् । आयोजना प्रभावित क्षेत्रका स्थानीयले सन्तोषजनक मूल्य पाएसँगै सदरमुकामलगायत अन्य सहरहरूमा समेत घरजग्गालगायत क्षेत्रमा लगानी गरेका छन । मालपोत कार्यालयले निर्धारण गरेभन्दा पनि स्थानीयको चलनचल्तीको भाउमा महँगो मूल्यमा जग्गा बिक्री गरेको दोर्दीका स्थानीय गोरे गुरुङ बताउँछन् । उनी भन्छन्, ‘उब्जाउ नहुने, कैयाैँ वर्षदेखि बाँझो रहेका, पाती फुलेका जग्गासमेत आयोजनाले राम्रो मूल्य दिएर खरिद गरेको छ ।’