Skip This
सहकारीपीडितको पैसा ब्याजसहित फिर्ता गरिदिन जिबी राईलाई रविको आग्रह 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ९ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ ९ मंगलबार o७:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सहकारीपीडितको पैसा ब्याजसहित फिर्ता गरिदिन जिबी राईलाई रविको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ ९ मंगलबार o७:४१:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको अर्बाैैँ रकम अपचलनको आरोपपछि फरार रहेको ग्यालेक्सी फोरके टिभीका सञ्चालक गितेन्द्रबाबु राई (जिबी)लाई तत्काल पक्राउ गर्न माग गरेका छन् । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले जसरी हुन्छ सहकारीपीडितको पैसा फिर्ता गराउन सरकारले सक्रियता देखाउनुपर्ने बताए ।

लामिछानेले राईलाई समेत तत्काल सार्वजनिक भएर पीडितको पैसा जस्ताको त्यस्तै ब्याजसहित फिर्ता गरिदिन आग्रह गरे । ‘अहिले जति पनि सहकारीपीडित हुनुहुन्छ, चाहे पोखरामा या चितवनमा मैले तपाईंहरूको पैसा फिर्ता नभएसम्म लडिरहन्छु भनेको छु,’ उनले भने, ‘जिबी राईजी तपाईं जहाँ हुनुहुन्छ, कुनै समय टेलिभिजनमा सहकार्य गरेको मित्रका हिसाबले यति धेरै मान्छे पीडित छन्, उनीहरूको पैसा कसरी र कुन–कुन सम्पत्ति बेचेर फिर्ता गर्नुहुन्छ । जसले मकै पोलेर, भारी बोकेर पैसा जम्मा गरेका छन् जस्ताको त्यस्तै ब्याजसहित फिर्ता गरिदिनुस् । सरकारसँग सहकार्य गर्नुस्, आउनुस्, सार्वजनिक हुनुस् ।’

लामिछानेले एक वर्षअघिको पत्रकार सम्मेलनमा सञ्चारकर्मीमाथि आफू पर्सनल अट्याकमा उत्रिनु गल्ती भएको स्वीकार गरेका छन् । ‘म प्रेस जगत्प्रति हिलो छ्याप्न आएको मान्छे पनि होइन । र, मलाई प्रश्न नगर्नुस् भनेको पनि होइन,’ उनले भने, ‘एकदमै धेरै प्रश्न गर्नुस् । राजनीतिकर्मीप्रति यो ढंगको प्रश्नले मलाई खुसी लागेको छ । अघिल्लो प्रेसमिटमा मैले कतिपय साथीहरूलाई पर्सनल अट्याक पनि गरेको छु, आवेगवश । त्यसका लागि क्षमा चाहन्छु । त्यस्तो आज पनि हुन्न, भविष्यमा पनि त्यस ढंगले प्रस्तुत हुने विचार गरेको छैन ।’ उनले डा. रामेश कोइराला, धर्म भुसाल, सम्भव सिरोहियालगायतलाई पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भन्दै आत्मालोचना गरेका हुन् ।