Skip This
जसपा-जनमत विवादपछि सप्तरीमा सुरक्षाकर्मी परिचालन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ७ आइतबार
  • Saturday, 27 July, 2024
मुख्य समाचार डिजिटल संस्करण

जसपा-जनमत विवादपछि सप्तरीमा सुरक्षाकर्मी परिचालन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o माघ ७ आइतबार १४:४३:oo

मधेश कृषि विश्वविद्यालयको शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने विषयमा जनमतका कार्यकर्ता तथा जसपा कार्यकर्ता आमने–सामने भएपछि सप्तरी जिल्लालाई‌ हाइअलर्टमा राखिएको छ। 

सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी भीमराज बस्नेतले जिल्लालाई‌ हाइअलर्टमा राखी सुरक्षाकर्मी परिचालन गरिसकेको जानकारी दिए। 

बस्नेतले भने, ‘सुरक्षाकर्मी परिचालन गरिसकेका छौँ, जिल्लालाई हाइअलर्टमा राखिसकेका छौँ। थप परिचालन गर्ने तयारी पनि छ।’ 

सोमबार विश्वविद्यालयको शिलान्यास कार्यक्रम तय छ। जनमतले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको छ।

तालाबन्दीपछि विश्वविद्यालयको शिलान्यासको प्रमुख अतिथिका विषयमा जसपा र जनमतका कार्यकर्ता आमने–सामने भएका छन्। 

कुनै पनि हालतमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि नमान्ने अडानमा जनमतका कार्यकर्ता छन् भने अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने जसपा कार्यकर्ताको अडान छ। दुई पार्टीका कार्यकर्ता आमने–सामने भएपछि जिल्लामा सुरक्षा चुनौती थपिएको छ।