मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ७ आइतबार
  • Thursday, 13 March, 2025
सौरभ यादव राजविराज
२o८o माघ ७ आइतबार १३:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपेन्द्र यादव प्रमुख अतिथि बन्ने भएपछि कृषि विश्वविद्यालयमा तालाबन्दी

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o माघ ७ आइतबार १३:५o:oo

जनमत पार्टीका कार्यकर्ताले मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। विश्वविद्यालयको शिलान्यास गर्ने कार्यक्रममा उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमतका कार्यकर्ता मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गर्दै विरोधमा उत्रिएका हुन्।

राजविराज– १३ मा सोमबार विश्वविद्यालयको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ। शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमतका कार्यकर्ता विरोधमा उत्रिएका हुन्।

जनमतले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको हो। तालाबन्दीपछि विश्वविद्यालयको शिलान्यासको प्रमुख अतिथिका विषयमा जसपा र जनमतका कार्यकर्ता आमने–सामने भएका छन्।

कुनै पनि हालतमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि नमान्ने अडानमा जनमतका कार्यकर्ताहरू छन् भने अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने जसपा कार्यकर्ताको अडान छ। दुई पार्टीका कार्यकर्ता आमने–सामने भएपछि जिल्लामा सुरक्षा चुनौती थपिएको छ।