Skip This
०४६ को परिवर्तनपछि प्राप्त उपलब्धि उल्टाउने खेल भइरहेको छ : प्रकाशमान सिंह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ६ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका विराटनगर
२o८o माघ ६ शनिबार १o:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

०४६ को परिवर्तनपछि प्राप्त उपलब्धि उल्टाउने खेल भइरहेको छ : प्रकाशमान सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८o माघ ६ शनिबार १o:४o:oo

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ०४६ को परिवर्तनपछि प्राप्त भएका उपलब्धि उल्टाउने खेल भइरहेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको भेटघाट कार्यक्रम नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय  विराटनगरमा बोल्दै नेता सिंहले संविधानसभाबाट बनेको संविधान आमनागरिकले उपयोग गर्ने अवस्था बनाउनु कांग्रेसको जिम्मेवारी भएको बताए। 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै उनले संविधानले दिएका अधिकार जनतामा पुर्‍याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। उनले परिवर्तन विरोधीहरूले त्यसलाई समाप्त पार्न पहिला कांग्रेसलाई कमजोर पार्न चाहिरहेको भन्दै पार्टी बलियो बनाउनुपर्नेमा जोड दिँदै अस्वस्थ प्रतिस्पर्धाले कहीँ नपुगिने बताए। 

सिंहले कोशी प्रदेशबाट उम्मेदवार रहेका गठबन्धन उम्मेदवार जिताउनका लागि लाग्न आग्रह पनि गरे। उनले कांग्रेस उम्मेदवार कृष्ण सिटौलालाई भेटेरै कोशी प्रदेशको अवस्थाबारे जानकारी लिँदै जितको शुभकामनासमेत दिएका छन्।