मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ४ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८o माघ ४ बिहीबार o८:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठमेलको एलओडी क्लब ‘डिजे म्याग टप १००’ को मनोनयनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o माघ ४ बिहीबार o८:२२:oo

ठमेलस्थित ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को मनोनयनमा परेको छ । युकेस्थित डिजे म्यागले छनाेट गर्ने सन् २०२४ को क्लब क्याम्पियनमा एलओडी पुन: परेको हो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् ।

डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनाेट गर्दै आएको छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ । स्क्यान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ । एलओडीका अनुसार डिजे म्यागको वेबसाइटमा  बेलायतको झन्डामा क्लिक गरी मत गर्नका लागि पुनः फेसबुक वा गुगलको अप्सन आउँछ । 

डिजे म्यागको १०० क्लब आएपछि तलपट्टिको भागमा ‘इट्स कुल लेट्स गो’मा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । 

अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौं सहरको नाम उल्लेख गर्नुपर्नेछ । एलओडी डिजे म्याग टप १०० को छनाेटका लागि नोमिनेसनमा पर्दा नेपालको नाम सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताए । 

सय क्लबको छनाेटमा पर्न सफल भएमा क्लब व्यवसायीले पनि राष्ट्रको नाम चिनाउन सक्ने उनको भनाइ छ । ‘यसपटक अझै माथि उक्लिन सकिने आशा लिएका छौँ,’ कुँवरले भने, ‘क्लबका लागि आवश्यक पूर्वाधार, सुरक्षा व्यवस्था तथा कलाकार र डिजे म्युजिकको राम्रो व्यवस्था गरिरहेका छौँ ।’

पछिल्लो समय ठमेलमा आउनुको कारण कल्बिङ कल्चर बनेको कुँवरको भनाइ छ । रात्रिकालीन व्यवसाय तथा क्लबिङले आन्तरिक र बाह्य पर्यटकको प्रवर्द्धन गर्न सहयोग गरिरहेको उनको विश्वास छ । एलओडी क्लब यसअघि विश्वकै ५२ र ४९औँ स्थानमा परेकाे  थियाे ।