१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २ मंगलबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २ मंगलबार १o:३o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीले माग्यो मन्त्रीहरूसँग प्रगति विवरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २ मंगलबार १o:३o:oo

एकीकृत समाजवादीले पार्टीका मन्त्रीहरूको प्रगति विवरण माग्ने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकले मन्त्रीहरूको प्रगति विवरण माग्ने निर्णय गरेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘सरकारमा हाम्रो पार्टीका तर्फबाट जानुभएका मन्त्रीहरूले आजसम्म के–कस्ता काम गर्नुभएको छ ? कस्तो प्रगति भएको छ ? त्यसको विवरण पार्टीमा बुझाउन बैठकले निर्देशन गरेको छ,’ उनले भने । 

एकीकृत समाजवादीबाट संघीय सरकारमा उपाध्यक्ष डा. बेदुराम भुसाल कृषिमन्त्री र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् । नेतृ नन्दा चपार्इं भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री छिन् । स्रोतका अनुसार एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी गरेको छ । बैठकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरू जिताउन पार्टीपंक्तिलाई आह्वान गरेको छ । सत्तारूढ गठबन्धन दलहरूले राष्ट्रिय सभामा १९ वटै सिटमा भागबन्डा गरेर उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीबाट दुई उम्मेदवार चुनावी मैदानमा छन् । यस्तै, भारतीय विदेशमन्त्री र विभिन्न देशसँग भए–गरेका सम्झौताबारे सरकारसँग जानकारी लिने निर्णय पनि बैठकले गरेको छ ।