१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २८ शनिबार
  • Saturday, 21 September, 2024
२o८o पौष २८ शनिबार १५:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद्को आगामी अधिवेशनमा टिआरसी विधेयक पारित हुन्छ : मन्त्री साउद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २८ शनिबार १५:१७:oo

परराष्ट्रमन्त्री एनपी साउदले संसद्को आगामी अधिवेशनबाट टिआरसी विधेयक पारित हुने बताएका छन्। सबै दलको सहमतिअनुसार पारित गर्ने गरेर विधेयक सदनमा लैजान लागेको मन्त्री साउदको भनाइ छ।

दोगडाकेदारमा आयोजित सांस्कृतिक महोत्सवको उद्घाटन गर्न आइपुगेका मन्त्री साउदले पीडितलाई न्याय दिने किसिमले शान्ति प्रक्रियालाई टुंग्याउन लागिएको प्रस्ट पारे।

‘आगामी अधिवेशनमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सरकारले विधेयक संसदमा लैजाँदै छ,’ उनले भने, ‘यो विधेयक पारित भैसकेपछि संसारभरि नेपालको शान्ति प्रक्रियाको मोडेल स्थापित हुँदै छ। त्यो काममा अहिले हामी लागेका छौँ।’

मन्त्री साउदले सरकारले पछिल्लो एक वर्षमा बदनाम हुने कुनै काम नगरेको दाबी गरे। उनले भने, ‘सरकारले टाउको निहुराउने किसिमले, लज्जाबोध हुने किसिमले अहिलेसम्म कुनै काम गरेको छैन। खस्केको अर्थतन्त्र उकास्ने, बिग्रे–भत्केको हाम्रो प्रशासनतन्त्रलाई सुशासनको बाटोमा लैजाने भनेर हामी लागिपरेका छौँ।’

बैतडीको दोगडाकेदार आइपुगेका मन्त्री साउदलाई स्थानीयले मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु झुलाघाटमा पक्की पुल र महाकाली करिडोर कहिले बन्छ भनेर प्रश्न गरेका थिए। जवाफमा साउदले दार्चुलापछि बैतडी झुलाघाट र डडेल्धुराको शीर्षमा महाकालीमा मोटरेबल पुल बन्ने तयारी भइरहेको बताए। दुवै पुलको लम्बाइ पाँचदेखि ६ सय मिटर हुने उनले बताए।

त्यस्तै, दार्चुलाको उत्तरी भेगमा झोलुंगे पुल बनाउँछौँ भनेर भारतलाई अनुरोध गरेकोसमेत उनले जानकारी दिए। ‘यसमा हाम्रो विज्ञता भएकाले अनुमति मात्र दिनुहोस्, हामी बनाउँछौँ भनेर परराष्ट्र मन्त्रालयले लिखित रूपमा पठाएको छ,’ उनले भने।

महाकाली करिडोर सरकारको उच्च प्राथमिकतामा रहेकोसमेत मन्त्री साउदले जिकिर गरे। महाकाली करिडोरमा सरकारले यो वर्ष अर्ब रुपैयाँ विनियोजन गरेको बताउँदै उनले थप रकमको व्यवस्था गर्न अर्थमन्त्री र प्रधानमन्त्रीसमक्ष अनुरोध गर्ने प्रतिबद्धता गरे।