१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० पौष २५ बुधबार २१:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आठ हजार रुपैयाँ घुससहित नेपाल प्रहरीका असइ पक्राउ

Read Time : < 1 मिनेट
२०८० पौष २५ बुधबार २१:२१:००

प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोेलीले उनलाई आठ हजार रुपैयाँ घुससहित चौकीबाटै पक्राउ गरेको हो। 

कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै उनले घुस लिएका थिए। भण्डारीलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचा, बाँकेबाट नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।