Skip This
सहकारी ठगी मुद्दामा ३० लाख धरौटीमा रिहा घिमिरे सम्पत्ति शुद्धीकरणमा पुनः पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २५ बुधबार
  • Friday, 26 July, 2024
२o८o पौष २५ बुधबार १५:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहकारी ठगी मुद्दामा ३० लाख धरौटीमा रिहा घिमिरे सम्पत्ति शुद्धीकरणमा पुनः पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २५ बुधबार १५:o१:oo

सहकारी ठगी अभियोगमा आइतबार पक्राउ परी जिल्ला अदालत लमजुङको आदेशले मंगलबार ३० लाख धरौटीमा रिहा भएका कालिका साकोसका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पुनः पक्राउ परेका छन्। 

जिल्ला अदालत लमजुङका स्रेस्तेदार उपसचिव भेषराज पौडेलको इजलासले घिमिरेसँग ३० लाख रुपैयाँ लिएर धरौटीमा छाडेको हो। बेँसीसहरको शेरास्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन काण्डमा फरार रहेका घिमिरेलाई प्रहरीले काठमाडौंको धापासीबाट आइतबार पक्राउ गरी बेँसीसहर ल्याएको थियो।

उनलाई सोमबार जिल्ला अदालत पेस गरिएको र सोमबार बयान गर्न नभ्याइएकोमा मंगलबार बयान गरी थुनछेक गरी अदालतका स्रेस्तेदार उपसचिव पौडेलको धरौटी बुझाएर तारेखमा छाड्न आदेश दिएका थिए। तर, धरौटी बुझाएर अदालतपरिसरबाट बाहिर निस्किएका घिमिरेलाई सम्पत्ती शुद्धीकरण विभागमा बुझाउन पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

जिल्ला न्यायाधीश शिवप्रसाद खनाल बिदामा रहेका कारण उक्त मुद्दामा स्रेस्तेदार उपसचिव पौडेलले आदेश दिएका थिए । खनाल आएपछि आदेशका लागि मुद्दा पुनः इजलासमा पेस हुने भएको छ। घिमिरेविरुद्ध सम्पत्ति शुद्धीकरणको समेत मुद्दा रहेकाले अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाइने भएको छ। अर्का मुख्य दोषी मानिएकी घिमिरेकी श्रीमती विनिता अधिकारी घिमिरे भने अझै फरार छिन्। उनी कालिका सहकारीको संस्थापक प्रबन्धक र एकीकरणपछिको कोषाध्यक्ष हुन्।

उक्त मुद्दामा सहकारी पीडितका तर्फबाट जिल्ला न्यायाधिवक्ता पूर्णबहादुर थापामगर र घिमिरेको तर्फबाट अधिवक्ता विजयप्रकाश अधिकारीले बहस पैरवी गरेका थिए। सहकारी ऐन कसुरअन्तर्गतको मुद्दामा जिल्ला प्रहरी कार्यालय लमजुङले सहकारीसम्बद्ध सुरुमा आठजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 

यसमा घिमिरेदम्पती फरार रही ६ जनालाई प्रहरीले मंसिर १० गते पक्राउ गरेको थियो। पछि २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा एकजनालाई मंसिर १७ गते पक्राउ गरिएको थियो। पक्राउ गरिएका सातजना जनही सात लाखदेखि १२ हजार रुपैयाँसम्म धरौटी रकम बुझाएर तारेखमा रिहा भएका छन्। 

प्रहरीमा उजुरी परेकामध्ये पहिलो चरणका एकजना र दोस्रो चरणका २५ जना गरी २६ जना हालसम्म पक्राउ गरिएको छैन। मुद्दा चलिरहेकामध्ये फरार रहेकाविरुद्ध अदालतले बुधबार एक साताका लागि पक्राउ पुर्जी जारी गरेको छ। आइतबार एकजना पक्राउ परेपछि २५ जना अझै प्रहरीको फरार सूचीमा छन्।