१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विश्व साइकल यात्रामा निस्किए कर्णालीका तीन युवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१३:oo

कर्णाली प्रदेशका तीन युवा साइकलमार्फत विश्व भ्रमणमा निस्किएका छन्  । जसमा मुगुका एक र दैलेखका दुईजना युवा रहेका छन् । उनीहरू नेपालको पर्यावरण संरक्षणको साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याई  नेपाललाई विश्वसामु चिनाउने उद्देश्यका साथ  काठमाडौंको पशुपतिनाथबाट नेपालको राष्ट्रिय झन्डासहित विश्व साइकल यात्रामा निस्किएका छन् ।

विश्वमा शान्तिको सन्देश फैलाउनुको साथै नेपालको पर्यटन विकास र पर्यावरण संरक्षणका लागि विश्वसामु सन्देश फैलाउने उद्देश्यका साथ आफूहरूले विश्व साइकलयात्रीका रूपमा आफ्नो  यात्रा तय गरेको  छायाँनाथरारा नगरपालिका- १ मुगुनिवासी अजय मल्लले बताए । 

विश्वका देशहरूबीच असमझदारी बढी लडाइँ-झगडा भइरहेको परिप्रेक्ष्यमा नेपाल एक शान्तिको देश भएकाले शान्तिको सन्देश विश्वभरि फैलाउने र विश्व जगतमा शान्ति कायम रहोस् भन्ने  उद्देश्य रहेको उनको भनाइ छ ।

विश्व साइकल यात्रामा दैलेखका केशवप्रसाद रिजाल र सनतप्रसाद रेग्मीसहित तीनजना युवा संलग्न छन् ।  काठमाडौंको पशुपतिनाथबाट साइकल यात्रा सुरु गरी भारत, पाकिस्तान, लाओस, थाइल्यान्ड, भुटान, बंगलादेश, चीन,लगायतका देशहरूको भ्रमण गर्ने कार्यतालिका रहेको पनि यात्री मल्लले बताए । यसअघि यो टोलीले  मेचीदेखि महाकालीसम्मको साइकल यात्रा गरिसकेको छ ।

ad
ad