१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष २३ सोमबार ११:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्ला र रोल्पामा सशस्त्र प्रहरीका नयाँ भवनको उद्घाटन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष २३ सोमबार ११:०२:००

सशस्त्र प्रहरी बलले पहाडी जिल्लाहरूमा कार्यालय भवनलगायत संरचनाको निर्माणलाई अघि बढाएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गत साता जुम्ला र रोल्पामा नवनिर्मित भवनको उद्घाटन गरेका छन्। पुस २१ मा नंं. ३३ त्रिपुरा गण जुम्लाको परिसरमा नवनिर्मित कार्यालय भवनको  उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा महानिरीक्षक अर्यालले अस्थायी संरचनामा रही देश र जनताका सेवा र सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई स्थायी संरचना निर्माणका लागि सहयोग पुर्‍याउने विभिन्न संघसंस्था तथा महानुभावहरूप्रति धन्यवाद प्रकट गरे । 

कार्यक्रममा जुम्ला जिल्लास्थित जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकाली, जिल्लास्थित गाउँपालिकाका अध्यक्षहरू, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदीपकुमार पाललगायत नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । 

महानिरीक्षक अर्यालले पुस १९ गते आश्रित गुल्म रोल्पाको परिसरमा नवनिर्मित कार्यालय भवनसमेत उद्घाटनका साथै नं. २९ ज्वालामाई गण भालुवाङ दाङलगायतको निरीक्षणसमेत गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।