१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २६ सोमबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २६ सोमबार २२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको छानबिन गर्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २६ सोमबार २२:५६:oo

काठमाडौंको चन्द्रागिरिस्थित सशस्त्र प्रहरीको केन्द्रीय गोदाममा भएको आगलागीको छानबिन गर्न समिति गठन भएको हो।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीधर दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरेको हो।

सशस्त्र प्रहरी बलका शैलेन्द्र थापाले विद्युत् चुहावट भएर आगो लागेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।

यसैबीच, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आगलागी स्थलको अवलोकन गरेको राससले जनाएको छ। राससका अनुसार त्यसक्रममा उनले आसपासका घरमा राखिएका सिसी क्यामेराबाट जाँच गर्न समिति बनाउन सुझाब दिएका थिए।