१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २२ आइतबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २२ आइतबार १७:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पल्सर स्पोर्टस् अवार्ड १२ माघमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २२ आइतबार १७:२१:oo

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको २०औँ संस्करण आगामी माघ १२ गते हुने भएको छ। 

आइतबार पत्रकार सम्मेलन गर्दै एनएसजेएफले प्रतियोगिताको दोस्रो संस्करण १२ माघमा आयोजना हुने घोषणा गरेको हो। 

नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकका साथै खेलकर्मीलाई विभिन्न ९ विधामा सम्मान गरिने आयोजक एनएसजेएफका महासचिव प्रज्जवल ओलीले जानकारी दिए। 

मञ्चले यसपटक वर्षका उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विधामा सम्मानित गर्नेछ। 

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको मनोनयन यसै साता गर्ने मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी गराएका छन्।  मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ। 

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीले पुरस्कारस्वरूप पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। यसैगरी, अन्य चार विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ।