१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एक किलोभन्दा बढी सुनसहित विमानस्थलबाट श्रीलंकाली नागरिक पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:३८:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा फ्लाई दुबईको उडान नम्बर एफ जेट ५७३ बाट गएराति १ बजे काठमाडौं आएकी ५४ वर्षीया श्रीलंकाली नागरिक कान्थी माथी कावस्कर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए।

उनका अनुसार राहदानी नम्बर ८१५१३८५ भएकी निज महिलाले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकले बेरेको अर्धठोस सुन दुई पोका तौल पाँच सय ग्राम तथा लगाएको कट्टुभित्र आठ सय ग्राम सुन गरी कुल एक किलो तीन सय ग्राम सुन बरामद गरिएको हो।

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ad
ad