१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
ढाका
२o८१ बैशाख १९ बुधबार o९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

निर्वाचनको पूर्वसन्ध्यामा बंगलादेशमा दुईदिने आमहडताल

Read Time : < 1 मिनेट
ढाका
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:५३:oo

बंगलादेशमा आगामी जनवरी ७ मा हुने आमनिर्वाचनको पूर्वसन्ध्यामा विपक्षीले आमहडतालको आह्वान गरेको छ । प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले प्रधानमन्त्री शेख हसिनाको ‘अवैध सरकार’को राजीनामाको माग गर्दै शनिबारदेखि ४८ घन्टे देशव्यापी ‘आमहडताल’को आह्वान गरेको हो । 

पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बिएनपीले आइतबार हुने आमनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । पार्टीले निर्वाचनको पर्यवेक्षणका लागि अन्तरिम गैरदलीय तटस्थ सरकार गठनको वकालत गरिरहेको छ, जुन मागलाई प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले अस्वीकार गरेको छ ।

बिएनपीले घोषणा गरेको आन्दोलनप्रति बंगलादेशका अन्य केही प्रमुख विपक्षी दलले पनि प्रतिबद्धता जनाएका छन् । बिएनपीले सरकारको राजीनामा, अक्टोबरको अन्त्यदेखि पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ र पार्टी प्रमुख खालिदा जियाको विनासर्त रिहाइको माग गरेको छ । हडतालको दोस्रो दिन आइतबार हुने निर्वाचनले यसअघि नै विश्वव्यापी रूपमा ध्यानाकर्षण गरिसकेको छ ।

ad
ad