१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका अर्घाखाँची
२o८१ बैशाख २१ शुक्रबार o८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अर्घाखाँचीको ढाकाबाङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अर्घाखाँची
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o८:oo

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं २ ढाकाबाङको खोलाखर्कमा लु१ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

उपल्लो ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जिप आज बिहान ७ बजेको आसपासमा दुर्घटना भएको भूमिकास्थान नगरपालिका वडा नं २का वडाध्यक्ष बुद्धि थापाले जानकारी दिए। 

दुर्घटनामा परेर मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडा नं २ निवासी देवा बेल्वासे र सन्धिखर्क नगरपालिका वडा नं ८ निवासी जेमकला आचार्य रहेको थापाले बताए। 

यसैगरी, घाइते हुनेमा पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छाेरा रहेको वडा नं २ का वडासदस्य नारायणप्रसाद खनालले जानकारी दिए। घाइतेलाई अहिले अर्घाखाँची जिल्ला अस्पताल ल्याइँदै छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी प्रदीपसिंह राठौरले गाडी दुर्घटनामा परेर ४ जना घाइते भएको जानकारी पाएको बताए। उनले भने, 'अहिले घाइतेलाई अस्पताल ल्याइँदै छ। थप विवरण केही समयपछि थाहा हुन्छ।' 

ad
ad