महालक्ष्मी विकास बैंकको लालबन्दी शाखाले रोटरी क्लब अफ ठमेल काठमाडौं र रोट्र्याक्ट क्लब अफ थेम्स इन्टरनेसनल कलेजको संयुक्त पहलमा ‘परियोजना न्यानो’ कार्यक्रमअन्तर्गत न्याना कपडाहरू वितरण गरेको छ ।
१३ पुसमा ईश्वरपुर नगरपालिका– २, सर्लाहीका सीमान्तकृत मुसहर समुदायलाई न्यानो डस्ना, ब्ल्यांकेट र कपडाहरू वितरण गर्न संस्थाले आर्थिक सहयोग गरेको छ । त्यसैगरी, बैंकको राजापुर शाखाले अमर सहिद बहुमुखी क्याम्पस रोड र क्याम्पस परिसरभित्र फोहोरमैला व्यवस्थापन गर्न डस्टबिन वितरण गरेको छ ।
श्री राजदेवी सांगीतिक समूह, कलैया बाराले कलैया उपमहानगर– १ स्थित राजदेवी माता मन्दिरको प्रांगणमा आयोजना गरेको रक्तदान कार्यक्रममा आवश्यक पर्ने फलफूल, जुस, साउन्ड सिस्टम, मिठाईलगायतका सामग्री खरिद गर्न बैंकले आर्थिक सहयोग गरेको छ ।