मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Thursday, 26 December, 2024
२o८१ पौष १० बुधबार २o:३६:oo
Read Time : < 1 मिनेट
सप्तरंग

किसान प्रेमीकाे प्रकाशोन्मुख गजल कृतिमाथि बहस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार २o:३६:oo

गजलकार किसान प्रेमीको प्रकाशोन्मुख गजल कृति ‘अञ्जानमा गयौ‌ कि?’ माथि पाण्डुलिपि बहस भएको छ। अक्षर समूह चितवनको आयोजनामा भरतपुर–१२, कस्तुरीमार्गमा भएको कार्यक्रममा उनले गजलवाचन पनि गरेका थिए। उनले प्रकाशोन्मुख गजल कृतिबाट ६ वटा गजल प्रस्तुत गरेका थिए। 

कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले उनका गजलमाथि स्रोताका धारणा प्रस्तुत गरेका थिए। भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले पनि वाचित गजलमाथि आफ्नो अभिमत राखेका थिए। 

किसान प्रेमीकै निवासमा भएको कार्यक्रमको सहजीकरण गजलकार विनोद अनुजले गरेका थिए।