मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १० बुधबार २१:१७:oo
Read Time : > 1 मिनेट
समाचार

एआईसम्बन्धी ११ दिने शैक्षिक कार्यक्रम नेपालमा आयोजना हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार २१:१७:oo

नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युटले एनुअल नेपाल एआई स्कुलको आयोजना गर्ने घोषणा गरेको छ । इन्स्टिच्युटले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ११ दिने शैक्षिक कार्यक्रम गर्ने बताएको हो । यस वर्ष १२ देखि २२ पुससम्म कार्यक्रम पाँचौँ संस्करण आर्टिफिसियल एन्टिलिजेन्सको आधार र कार्यान्वयनमा केन्द्रित हुनेछ । 

संसारभरबाट वैज्ञानिक, प्राध्यापक, र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने यो कार्यक्रम दक्षिण एसियाकै सबैभन्दा ठुलो र सबैभन्दा पृथक् भएको बताइएको छ । 

आयोजकका अनुसार यो कार्यक्रम आधारभूतदेखि आधुनिक विचार र विधिसम्मका विषयवस्तुलाई समेट्नेछ । कार्यक्रम ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा आयोजना हुँदै छ । यस कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर र पिएचडी तहका २०० जना विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेसनलहरूको सहभागी हुँदै छ । विगत चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीले यस कार्यक्रममा भाग लिएका छन् ।

‘सानो ठाउँबाट ठुला परिवर्तन आउन सक्छ,’ भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कुलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्तालाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ ।
विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकले कार्यक्रममा भौतिक कक्षा सञ्चालन गर्नेछन् ।
इन्स्टिच्युटका निर्देशक तथा अनुसन्धान वैज्ञानिक विशेष खनालले यो कार्यक्रम दक्षिण एसियामा उत्कृष्ट अन्तर्राष्ट्रिय विशेषज्ञबाट सिक्ने र अन्तत्र्रिmया गर्ने सुनौलो अवसर भएको बताए । 

‘नेपालमा एआईको उपयोग गर्ने सरकारको योजना र एआई नीतिको तयारी भइरहेको अवस्थामा यो कार्यक्रमले आवश्यक छलफल सिर्जना गर्न र नेपालमा एआईविज्ञ निर्माण गर्न मद्दत पुर्‍याउनेछ,’ उनले बताए । इन्स्टिच्युट एजुकेसन आउटरिच प्रमुख आलोक खत्रीले ११ दिनसम्म विश्वस्तरीय विशेषज्ञसँग सिक्ने, व्यावहारिक कार्यशालामा भाग लिने र आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पनि प्राप्त हुने बताए । 


यस कार्यक्रमलाई सफल बनाउन एफ वन सफ्ट, इसेवा, फोने–पे, युके इन्टरनेसनल डेभलपमेन्ट, एसिया फाउन्डेसन, डाटा फर डेभलपमेन्ट इन नेपाललगायतका साझेदारहरूको साझेदारी प्राप्त भएको छ । साथै, योङ इन्नोभेसन्स, गुगल र फ्युज मेसिन्स पनि मुख्य समर्थनकर्ता रहेका छन् ।