१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
कार्ल बिल्ट
२o८१ जेठ ८ मंगलबार o८:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

पुटिनका अन्तिम आशा ट्रम्प

Read Time : > 2 मिनेट
कार्ल बिल्ट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:५४:oo

गत साताको अमेरिकी सहयोगसम्बन्धी समाचार निःसन्देह किभका लागि राहत थियो भने क्रेमलिनका लागि शोकको समाचार । अमेरिकी कंग्रेसले अन्ततः आफ्नो ६ महिनाको गतिरोध तोड्दै युक्रेनका साथै इजरायल र ताइवानका लागि सैन्य सहायताको नयाँ प्याकेजलाई अनुमोदन गरेको छ । र, यो सफलता युरोपियन युनियनका नेताले हालै स्वीकृत गरेको ठूला सहायता प्याकेजबाहेक थप बढी सहयोग प्रदान गर्ने प्रतिबद्धता गरेको केही दिनपछि सम्भव भएको थियो ।

जर्मनीले अर्को प्याट्रियट एयर–डिफेन्स प्रणाली दिने प्रतिबद्धता जनाएको छ । यसअघि यो प्रविधिले रुसलाई महत्वपूर्ण फाइदा लिनबाट रोकेको थियो । यसबाहेक जर्मनीले अन्य युरोपियन युनियन सदस्य राष्ट्रलाई युक्रेनको वायु प्रतिरक्षालाई बलियो बनाउन सहयोग गर्न आग्रह गरेको छ, यद्यपि यो सहयोगको विशेष विवरणमाथि अझै काम भइरहेको छ ।

सहयोग अपरिहार्य थियो । युक्रेनले केही महिनायता कठिन अवस्थाको सामना गरिरहेको छ । गत वर्ष युक्रेनले उच्च अपेक्षा राखेको सैन्य प्रतिरक्षा प्रणालीले कुनै नतिजा हासिल गर्न नसकेको अवस्थामा अर्को सहायता प्याकेजमा सहमत नभएको अमेरिकाका कारण युक्रेनको मनोबलमा ठूलो चोट पुगेको थियो । क्रेमलिनले युक्रेनको औद्योगिक र ऊर्जा पूर्वाधारविरुद्ध क्षेप्यास्त्र आक्रमण बढाएपछि युक्रेनी गोलाबारुद निष्प्रभावी बनेका थिए ।

क्रेमलिनले ‘मार–ए–लागो’ रिसोर्टका मालिक डोनाल्ड ट्रम्पबाट मुक्तिको उत्सुकतापूर्वक आशा गर्नेछ 

युक्रेनको अवस्था बिग्रँदै गएपछि क्रेमलिनले यसलाई विजयी प्रोपगान्डाका रूपमा हेर्न थालेको थियो । द्वन्द्व अन्त्य गर्ने धेरै रुसीको चाहनाका बाबजुद राष्ट्रपति भ्लादिमिर पुटिनले जनतालाई पश्चिमको संकल्प कमजोर हुँदै गएको आश्वासन दिइरहेका थिए । रुसको गोलाबारुद उत्पादन निरन्तर जारी रहेको र आगामी अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्प विजयी हुने र सत्तामा फर्किने सम्भावनाले गर्दा रुसले एक प्रकारको विजय हासिल गरिसकेको महसुस गरेको थियो ।

यद्यपि पुटिनले फेब्रुअरी २०२२ मा आफ्नो आक्रामक अभियान सुरु गरेदेखि आफ्ना उद्देश्यबाट उल्लेखनीय रूपमा पछाडि फर्किनुपरेको तथ्य सम्झिनु महत्वपूर्ण छ । सुरुमा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सरकार केही दिनभित्रै हटाउने र सबै युक्रेनी क्षेत्रमाथि रुसले दाबी गर्ने बताएका थिए । यही योजनामा रुसी सेना किभमा मार्च गर्दै थिए, जहाँ यिनले आफूलाई मुक्तिदाताका रूपमा स्वागत गरिने अपेक्षा गरेका थिए ।

रुसी आक्रमण चाँडै ऐतिहासिक रूपमा एक रणनीतिक गल्ती बन्न पुग्यो । प्रगति चाँडै रोकियो र रुसी सेना किभवरपरका क्षेत्रसहित महत्वपूर्ण क्षेत्रबाट पछि हट्न बाध्य भए । त्यसपछिका महिनामा सेनालाई खेरसन र खार्किभ क्षेत्रबाट पनि निष्कासित गरियो ।

क्रेमलिनले युक्रेनको दृढ संकल्पलाई कम आँक्ने गल्ती मात्रै गरेन, धेरै पश्चिमा राष्ट्रले व्यापक आर्थिक एवं सैन्य सहायता प्रदान गरेर प्रतिक्रिया दिनेछन् भन्ने आकलन पनि गर्न ऊ असफल भयो । सन् २०२३ सम्ममा रुसी सेनाले रक्षात्मक अडान लिइसकेको थियो, जसले पश्चिमा सैन्य समर्थनमा रहेका सशस्त्र युक्रेनीले अतिक्रमणकारी रुसी सेनालाई सफलतापूर्वक पछाडि धकेल्ने आशा बढाएको थियो ।

अपेक्षा गरेझैँ युक्रेनी सफलता साकार हुन नसकेपछि यो द्वन्द्व क्षयको लडाइँमा परिणत भयो । पश्चिमा दृढता कमजोर देखिन थालेपछि समय आफूअनुकूल भएको विश्वास गर्दै पुटिन बढ्दो रूपमा आश्वस्त भएका थिए । जब उनी निःसन्देह सम्भावित नयाँ आक्रमणका लागि तयार थिए, तब उनले आफ्नो शक्तिमा मात्र नभई ट्रम्पको सम्भावित पुनरागमनमा पनि बढी आड–भरोसा राखेका थिए ।

तर, परिस्थिति फेरि एकपटक बदलिएको छ । कंग्रेसका रिपब्लिकन, जो अलगाववादी ट्रम्पका समर्थक र पुटिनलाई खुसी पार्न खोज्नेहरू थिए, ती युक्रेनले तुरुन्तै खोजिरहेको महत्वपूर्ण सहयोगलाई समर्थन गर्न डेमोक्य्राटसँगै उभिन पुगे । यस सन्दर्भमा रुसी सेना अगाडि बढिरहेका युद्धको अग्रपंक्तिमा गोलाबारुद र अन्य उपकरण पुर्‍याउन समय लाग्ने भए पनि तत्कालको राजनीतिक र मनोवैज्ञानिक प्रभाव निकै गहिरो हुनेछ । युक्रेनले आफ्नो रक्षा कायम राख्ने र यो वर्ष कुनै पनि ताजा रुसी आक्रमणलाई सामना गर्ने सम्भावना निकै बढेको छ ।

अहिलेको समय पुटिनको पक्षमा छैन भन्ने तथ्य स्पष्ट भएको छ । यस युद्धले आक्रमणभन्दा रक्षा सजिलो छ भन्ने देखाएको छ । मध्यमदेखि दीर्घकालीन रूपमा युरोप र अमेरिकाले उत्तर कोरियाली गोलाबारुदमा निर्भर रहेको रुसले भन्दा धेरै हातहतियार वा गोलाबारुद उत्पादन गर्नेछन् । यसबाहेक लामो दूरीको आक्रमण प्रविधिमा युक्रेनको प्रगतिले नतिजा दिन थाल्नेछ । र, युक्रेनी कर्मचारीको हालैको परिचालनले यसको फ्रन्टलाइन र रिजर्भ फोर्सलाई पनि बलियो बनाउनेछ । संक्षेपमा भन्नुपर्दा पुटिनको यो वर्ष जित्ने आशा हराउनेछ र उनको युद्ध प्रयास निरन्तर क्षीण हुँदै जानेछ ।

तर, पुटिनका लागि आशाको किरण भने कायमै रहनेछ । क्रेमलिनले मार–ए–लागो रिसोर्टका मालिक डोनाल्ड ट्रम्पबाट मुक्तिको उत्सुकतापूर्वक आशा गर्नेछ । यस सन्दर्भमा एक रिपब्लिकनले कथित रूपमा ट्रम्पलाई ‘ओरेन्ज जिसस’समेत भनेका थिए । राष्ट्रपति कार्यालय ओभल अफिसमा ट्रम्पको सम्भावित पुनः प्रवेशले पुटिनले सुरु गरेको संकट समाधान हुन्छ कि हुँदैन भन्ने अनिश्चित छ । यद्यपि अहिलेका लागि रुसले युक्रेनमा आफूलाई असफलताको बाटोमा फेला पारेको छ ।
(बिल्ट स्विडेनका पूर्वप्रधानमन्त्री हुन्)  प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad