१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
एजेन्सी
२o८१ जेठ ४ शुक्रबार o७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गल्फर सुन्दरीलाई टिकटक बनाउन प्रतिबन्ध

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:३२:oo

अमेरिकन महिला गल्फर पेज स्पिरान्ज आउटफिटका कारण चर्चित छिन् । गल्फ कोर्समा खेल कौशलभन्दा उनी आकर्षक पहिरनकै कारण अन्य महिला खेलाडीका तुलनामा बढी चर्चामा आउने गर्छिन् । तर, यसै आकर्षक पहिरनकै कारण उनलाई टिकटक बनाउन प्रतिबन्ध लगाएको छ । गत साता एक खेलमा उनले शरीरको माथिल्लो भाग अर्धनग्न देखाउँदै प्रतिस्पर्धा गरेकी थिइन् । आधाजसो ‘क्लिभेज’ देखाएकी स्पिरान्जले दर्जनौँ फोटो सुट गरिन् ।

गल्फ कोर्सबाट उनले टिकटकलगायत विभिन्न सोसल मिडियामा फोटो पोस्ट गरिन् । पहिलो १२ घन्टाभित्र उनको यसै फोटोका लागि तीन हजार फलोअर्स बढेको थियो । त्यसपछि टिकटकमा आधा क्लिभेज देखेको फोटो राख्दा उनले १० हजार फलोअर्स पाइन् । गल्फ कोर्समा पारदर्शी पहिरन र क्लिभेज प्रदर्शनका कारण स्पिरान्जलाई शुक्रबार विश्व गल्फ महासंघले टिकटकमा यस्ता फोटो प्रदर्शन नगर्न निर्देशन दिएको हो । 

महासंघको निर्णयविरुद्ध उनले विरोध गरेकी छिन् । उनी भन्छिन्, ‘ममाथि टिकटकले प्रतिबन्ध लगाएको छ, क्लिभेज प्रदर्शन हुँदा यसमा मेरो के दोष छ, कृपया क्लिभेजलाई स्वतन्त्र राख्नुस् ।’ उनको पछिल्लो फोटो झनै बोल्ड थियो । ग्रिन क्षेत्रमा लोकट प्रहार गरिरहँदा उनले ह्वाइट ड्रेस लगाएकी थिइन् । प्रत्येक गल्फ प्रहार गर्दा उनी क्यामरामै हुने गर्छिन् । 

ad
ad