१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष २० शुक्रबार ०९:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवन उद्घाटन आज

Read Time : < 1 मिनेट
२०८० पौष २० शुक्रबार ०९:५७:००

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नवनिर्मित  भवनको आज उद्घाटन हुँदै छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिविपरिसरमा हुने कार्यक्रमका नयाँ भवनको शुभारम्भ गर्ने  जनाइएको छ । 

भारतीय सहयोगमा निर्मित तीनतले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्नेछन्। त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीन तला नयाँ भवन अपांगमैत्री तथा लिफ्टलगायतका सुविधासमेत छन् । 

नयाँ भवन पाएसँगै पुस्तकालयमा किताब जारी गर्न र फिर्ता भएको पुस्तकको अभिलेख राख्ने विशेष प्रणाली आरएफ आइडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन सिस्टम)समेत जडान हुनेछ। पुस्तकालय कुल सात हजार आठ सय वर्गफिट फराकिलो रहेको जानकारी पनि उनले दिए ।

०७७ मा पुस्तकालय भवन निर्माण सुरु भएको थियो । पुस्तकालयमा भारतीय पुस्तकको छुट्टै कोठासमेत रहनेछ। यसबाहेक पुस्तकालयमा ५० वटाभन्दा बढी संख्यामा कम्प्युटरसमेत अध्ययनकर्तालाई उपयोग गर्न दिइने जनाइएको छ।