१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १९ बिहीबार
  • Wednesday, 26 June, 2024
२o८o पौष १९ बिहीबार १७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नाबालिग बलात्कार गर्ने गुल्मीका एकजनालाई १९ वर्ष कैद सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १९ बिहीबार १७:४१:oo

नाबालिग बलात्कार अभियोगमा दोषी ठहर भएका गुल्मीको इस्मा गाउँपालिकाका एक व्यक्तिलाई १९ वर्ष कैद सजाय भएको छ।

जिल्ला अदालत गुल्मीका न्यायाधीश वसन्तराज पौडेलको इजलासले इस्मा– ४ दोहलीका ३७ वर्षीय भूपाल अधिकारीलाई १९ वर्ष कैद र सात लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो।

जरिवानाको सात लाख एवं पीडित बालिकाको उमेर र शारीरिक तथा मानसिक अवस्थामा परेको चोटका कारण थप एक लाख गरेर आठ लाख पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालत गुल्मीका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेयले जानकारी दिए।

त्यस्तै, अधिकारीले २८ हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलामा उल्लेख छ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अधिकारीलाई ०७९ साउन ११ गते गिरफ्तार गरेको थियो। उनले बालिकालाई विभिन्न प्रलोभन देखाएर गाउँकै खरबारीमा लगेर बलात्कार गरेका थिए।

ad
ad
ad
ad