१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष १८ बुधबार ११:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टाटा मोटर्स फन कार्निभल

Read Time : < 1 मिनेट
२०८० पौष १८ बुधबार ११:३९:००

 नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० आयोजना गर्ने भएको छ । कम्पनीले जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभीलगायतका गाडी साट्न सकिने योजना ल्याएको हो । 

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ । २० देखि २२ पुससम्म आयोजना हुने मेला उपत्यकाभित्र टाटा मोटर्सको सोरुम थापाथली, वेस्टर्न मोटर्स महाराजगन्ज, जेबी मोटर्स बालकुमारी, सिप्रदी ट्रेडिङ प्रालि राधेराधे, भक्तपुर र उपत्यकाबाहिर इटहरी र धनगढीमा आयोजना गर्न लागिएको कम्पनीको भनाइ छ ।

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रूपमा इभी गाडीका लागि फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्ने जनाइएको छ । एकैसाथ पाँच स्थानमा आयोजना हुने यस फन कार्निभलले टाटा इभीप्रति ग्राहकको आकर्षण अझ बढ्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।