१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० पौष १७ मंगलबार ११:४२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाई न्यु इयर डिलाइट योजना’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० पौष १७ मंगलबार ११:४२:००

हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर ‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ नामक योजना ल्याएको छ । कम्पनीले यो ग्राहकमुखी योजना देशका सबै सोरुममा सुरु गरेको हो ।  

योजनाअन्तर्गत ग्राहकले पाँच लाख रुपैयाँसम्मको नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँसम्मको गो–ग्रिन बोनसका साथै गाडीको मोडल इयरका आधारमा पाँच लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ । योजनामा ग्राहकले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीले जनाएको छ । 

हुन्डाईका सबै मोडलका जैविक इन्धनले चल्ने गाडीमा तीन वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ र विद्युतीय गाडीको  ब्याट्रीमा आठ वर्ष र मोटरमा दुई वर्ष वारेन्टी उपलब्ध हुने कम्पनीको भनाइ छ । योजनाबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयुभी, एसयुभी तथा विद्युतीय गाडी खरिद गरी फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले हाल देशभरमा १७ सोरुमहरू तथा १९ सर्भिस सेन्टरका साथै ४३ भन्दा बढी चार्जिङ पोइन्टमार्फत सेवा दिइरहेको जनाएको छ ।