१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शुक्लाफाँटा पत्रकारिता पुरस्कार दुर्गा उपाध्यायलाई

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५१:oo

कञ्चनपुरकी पत्रकार दुर्गा उपाध्यायलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शुक्लाफाँटा सामुदायिक रेडियोले प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष पत्रकार उपाध्यायलाई प्रदान गरिएको हो।

आइतबार शुक्लाफाँटा सामुदायिक रेडियोको १७औँ वार्षिकोत्सवको अवसरमा उपाध्यायलाई उक्त पुरस्कार प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अथितिसमेत रहेका परराष्ट्रमन्त्री एनपी साउदले उनलाई माला र खादा ओढाएर सम्मानसहित नगद पुरस्कार प्रदान गरे।

नेपाल टेलिभिजन कञ्चनपुरकी समाचारदाता उपाध्यायले यस क्षेत्रको विकासका क्षेत्रमा कमल चलाएको भन्दै शुक्लाफाँटा रेडियोले नगद ११ हजार एक सय ११ रुपैयाँको उक्त पुरस्कार प्रदान गरेको हो।

ad
ad