Skip This
प्रहरीबाट मारिएका युवाहरूको न्यायका लागि अछाम र दैलेखका जनप्रतिनिधि छलफलमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १४ शनिबार
  • Saturday, 27 July, 2024
२o८o पौष १४ शनिबार १२:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीबाट मारिएका युवाहरूको न्यायका लागि अछाम र दैलेखका जनप्रतिनिधि छलफलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १४ शनिबार १२:o४:oo

प्रहरीको गोली प्रहारबाट मारिएका युवाहरूको न्यायका लागि अछाम र दैलेखका जनप्रतिनिधिहरू छलफलमा जुटेका छन्। दुवै जिल्लाका जनप्रतिनिधि अहिले पाटन अस्पतालमा छन्। कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राखेर आन्दोलित भएका युवाहरूले शुक्रबार काठमाडौंमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि बढेको भिड थेग्न नसकेर प्रहरीले चलाएको गोली लागेर अछामको चौरपाटी गाउँपालिका- १ सिउडीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो। 

उनीहरूको शव पाटन अस्पतालमा राखिएको छ। त्यहाँ जम्मा भएका अछाम र दैलेखका जनप्रतिनिधिहरूले मृतकको न्यायका लागि पीडित परिवारलाई उचित क्षतिपूर्ति र दोषीमाथि कारबाही गरिनुपर्नेलगायतका विषयमा छलफल चलिरहेको पूर्वश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं अछाम क्षेत्र नम्बर १ का संघीय सांसद शेरबहादुर कुँवरले बताए।

उनका अनुसार पीडित परिवारसँग उनीहरूका मागबारे छलफल गरेर मात्र सरकारसँग वार्ता गर्ने टुंगोमा दुवै जिल्लाका जनप्रतिनिधिहरू पुगेका छन्। पीडित परिवारले भनेबमोजिमका उचित मागबारे साझा धारणा बनाएर सरकारसँग वार्ता गर्नेबारे कुराकानी भएको सांसद कुँवरले बताए। 

पाटन अस्पतालमा अहिले सांसद कुँवरसहित अछाम क्षेत्र नम्बर २ का संघीय सांसद पुष्पबहादुर शाह, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज कुलबहादुर कुँवर र कांग्रेस नेताहरू रामबहादुर विष्ट, टीकाराम खनाल, नृप साउदलगायत दैलेख जिल्लाका जनप्रतिनिधि र नेताहरू संयुक्त रूपमा छलफल गरिरहेका छन्।