१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चेपाङ समुदायलाई नि:शुल्क औषधि वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:२५:oo

चितवनको इच्छाकामना–१ भाराङका विपन्न चेपाङ समुदायलाई नि:शुल्क औषधि वितरण गरिएको छ। सामुदायिक स्वास्थ्य एकाइमार्फत चेपाङलाई दुई लाख ५० हजारबराबरको औषधि सहयोग गरिएको हो।  

सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको सपना भिलेज सोसल इम्प्याक्टले ४१ प्रकारका औषधि सहयोग गरेको हो। चेपाङ समुदायका बालबालिकालाई चाँडै नै पोषणयुक्त खानाका लागिसमेत सहयोग गर्ने इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए। 'एम्बुलेन्स उपलब्ध गराउन पनि पहल गरिरहेका छौँ,' उनले भने।  

गाउँपालिकाले सीमित मात्रामा औषधि सहयोग गर्ने गरेको स्वास्थ्य एकाइ भाराङका प्रमुख कमला हमालले बताइन्। 'बिरामीलाई औषधि दिन सकिएको थिएन, नि:शुल्क औषधि उपलब्ध भएपछि तत्काललाई समस्या टरेको छ,' उनले भनिन्।

गाउँमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइमा सेवाग्राहीको चाप बढेसँगै औषधि अभाव भएको थियो। निःशुल्क रूपमा हस्तान्तरण गरिएको औषधिले ठूलो राहत मिलेको इच्छाकामना गाउँपालिकाका सदस्य शंखबहादुर चेपाङले बताए।

यहाँ चेपाङ समुदायका बालबालिका कुपोषणबाट ग्रस्त छन्। उनीहरू घाउखटिराबाट समेत पीडित छन्। यहाँका स्थानीय उपचारका लागि सदरमुकाम भरतपुर र काठमाडौं जानुपर्ने बाध्यता छ।     

 
 

ad
ad