Skip This
नेपाल पुलिसले पर्सा ११ लाई दियो १२५ रनको लक्ष्य 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १० मंगलबार
  • Sunday, 07 July, 2024
तिवारी यादव वीरगन्ज
२o८o पौष १० मंगलबार १५:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल पुलिसले पर्सा ११ लाई दियो १२५ रनको लक्ष्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १० मंगलबार १५:१४:oo

प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको छैटौँ दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लबले पर्सा ११ लाई एक सय २५ रनको लक्ष्य दिएको छ। 

नारायणी रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २४ रन बनाएको हो।

खेलमा पुलिसका खेलाडी करण केसीले सर्वाधिक १२ बलमा २९ रन बनाए। अर्को खेलाडी अमित श्रेष्ठले २६ बलमा २६ रन र आरिफ शेख २७ बलमा २२ रन जोडे।

पर्सा ११ का बलर अनिल साहले दुई ओभरमा १२ रन दिएर दुई विकेट लिए । यस्तै, रूपेश सिंहले दुई ओभरमा १७ रन खर्चिएर एक विकेट लिए भने समसाद अन्सारीले चार ओभरमा १४ रन दिँदै एक विकेट पाए।

पर्सा ११ का कप्तान सन्दीप लामिछाने आजको खेलमा विकेटविहीन रहे। उनले चार ओभरमा २८ रन खर्चिए। प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोयडाले प्रतिस्पर्धा गर्दै छन्।

ad
ad
ad
ad