१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १० मंगलबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष १० मंगलबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

पाण्डेले पाइन् ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष १० मंगलबार ११:५३:oo

एनसेल वुमन आइकन आइसिटी अवार्ड– २०२३ सुनैना घिमिरे पाण्डेले पाएकी छिन् । काठमाडौंमा आयोजना गरिएको ग्रान्ड फिनाले कार्यक्रममा पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो । सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो समयदेखि कार्यरत पाण्डे कम्प्युटर एसोसिएसन (क्यान) महासंघकी पहिलो महिला उपाध्यक्ष हुन् । जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशकसमेत रहेकी उनले क्यान महासंघको महासचिव र सचिवको पदमा रहेरसमेत काम गरिसकेको जनाइएको छ । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले संयुक्त रूपमा पाण्डेलाई अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरूले यो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डिइआई) नीतिअनुरूप एनसेलले यो अवार्ड प्रदान गर्दै आएको जनाइएको छ ।

पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको उल्लेख छ । कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले अरूका लागि प्रोत्साहन बनेका, प्रविधि र डिजिटल विकासमा योगदान पुर्‍याएका उनीजस्ता महिलाको सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । पाण्डेले एनसेल वुमन आइकन आइसिटी अवार्डले आफ्नो समर्पण, परिश्रम र सूचना प्रविधिको क्षेत्रमा उत्कृष्टता हासिल गर्ने इच्छाको सम्मान भएको बताइन् । यो अवार्ड आफ्नो कामको मात्र सम्मान नभई प्रविधिको परिवर्तनकारी क्षमतामा विश्वास गर्नेहरूको जोस, समर्पण र सामूहिक कार्यको कदर भएको उनको भनाइ थियो ।

यो वर्ष वुमन आइकन आइसिटी अवार्ड विधामा कुल ३४ जना मनोनयनमा परेको जनाइएको छ । जसमा सूचना प्रविधिको क्षेत्रमा पुर्‍याइएको योगदानका आधारमा तीन चरणको मूल्यांकनपश्चात् पाण्डेलाई अवार्डका लागि निर्णायकमण्डलले छानेको कम्पनीले जनाएको छ । 

ad
ad
ad
ad