चर्चित युवा गायक रमण थामीले भुमे (उधाैली) पर्वको उपलक्ष्यमा ‘सेवा ज्यु सेवा’ बोलको ‘म्युजिक भिडियो’ बजारमा ल्याएका छन्।
थामी भाषामा रहेको ‘म्युजिक भिडियो’मा संगीत संयोजन थामीकै रहेको छ। गोपाल थामीको प्रस्तुति रहेको गीतमा थामीलाई गायिका सुस्मिता थामीले साथ दिएकी छिन्।
गीतको रेकर्डिङ त्रिताल रेकर्डिङ स्टुडियोमा भएको हो भने ‘म्युजिक भिडियो’ मान शेरचनले खिचेका हुन्। थामीले यसअघि पनि थामी भाषाको गीत निकालिसकेका छन्।
उनका ‘लस्स लस्स’, ‘म भुईँ मान्छे’, ‘सैलुङ तिम्रै लागि हो’लगायत दर्जन गीत चर्चित छन्। शास्त्रीय संगीतमा विशेष दखल राख्ने थामी संगीत क्षेत्रमा डेढ दशकदेखि सक्रिय छन्।