१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ९ सोमबार
  • Tuesday, 02 July, 2024
तिवारी यादव वीरगन्ज
२o८o पौष ९ सोमबार ११:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

सशस्त्रले दियो नोयडालाई एक सय ४५ रनको लक्ष्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ९ सोमबार ११:o९:oo

प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सशस्त्र प्रहरी बलले वन्डर क्लब नोयडालाई एक सय ४५ रनको लक्ष्य दिएको छ । नारायणी रंगशालामा जारी खेलमा पहिले ब्याटिङ गरेको सशस्त्र प्रहरीले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४४ रन बनाएको हो । 

खेलमा सशस्त्रका खेलाडी आसिफ शेखले २२ बलमा १९ रन बनाए । हरिशंकर साहले २५ बलमा २३ रन बनाए । प्रदीप ऐरीले २२ बलमा २४ रन हाने । अर्को खेलाडी सन्दीप जोराले १५ बलमा २० रनको योगदान गरे  भने लोकेश बमले १५ बलमा १९ रन बनाए । 

नोएडाका कप्तान अल्पित गुप्ताले दुई विकेट लिए । चार ओभरमा २० रन दिए ।अर्को बलर हर्षित सेठीले तीन ओभरमा ३५ खर्चिएर एक विकेट लिए । सञ्जीव चतुर्वेदीले चार ओभरमा ३५ रन दिए । यस्तै, दिवान्स रावतले तीन ओभरमा ६ रन दिँदै एक विकेट पाए । प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी– ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दै छन्  ।

आजै दिउँसो १ बजे हुने अर्को खेलमा नेपाल आर्मी र युपी– ११ ले प्रतिस्पर्धा गर्ने भएका छन् ।
 

ad
ad
ad
ad