मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ७ शनिबार
  • Thursday, 06 February, 2025
फाइल तस्बिर : एपी
रासस काबुल
२o८o पौष ७ शनिबार १७:४१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आठ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
रासस, काबुल
नयाँ पत्रिका
२o८o पौष ७ शनिबार १७:४१:oo

गत अक्टोबरदेखि करिब आठ लाख अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको अफगानी सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन्।

‘अक्टोबरदेखि करिब ८ लाख शरणार्थी घर फर्किएकोमा आधा पाकिस्तानबाट फर्किएको स्थानीय टेलिभिजन च्यानल टोलोन्युजले मुजाहिदलाई उद्धृत गर्दै जनाएको छ।

फर्कन बाँकी शरणार्थीमध्ये अधिकांश इरानबाट तथा हजारौँ टर्कीबाट रहेको मुजाहिदले बताए। २५ लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानमा र त्यति नै संख्या इरानमा बस्दै आएका छन्।

शरणार्थी तथा स्वदेश फिर्ता मामिलामन्त्री अर्सला खरोतीले दैनिक हजारौँ अफगान शरणार्थी स्वदेश फर्किएको पुष्टि गरेका छन्।

अधिकारीहरूका अनुसार लाखौँ अफगानीहरू विदेशमा शरणार्थीको रूपमा बस्दै आएका छन्।