१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रभु हेलिकोप्टरको आइपिओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:४३:oo

प्रभु हेलिकोप्टर लिमिटेडले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । 

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा प्रभु हेलिकोप्टरका प्रबन्ध सञ्चालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेको जनाइएको छ । 

कम्पनीले ६ करोड ६०लाख रुपैयाँबराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित ६ लाख ६० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाइएको छ । प्रभु हेलिकोप्टर नेपालको पुँजीबजारमा पहिलो हेलिकोप्टर कम्पनी हुने कम्पनीले जनाएको छ ।

हाल कम्पनीले एयरबस कम्पनीले निर्माण गरेको एच१२५ र अमेरिकाको रोबिन्सन हेलिकम्पट कम्पनीले निर्माण गरेको सोबिन्सन आर६६ जस्ता हेलिकोप्टरद्वारा गुणस्तरीय सेवा दिँदै आएको जनाएको छ ।

ad
ad