१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ४ बुधबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष ४ बुधबार o५:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : बेजोसको साहस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष ४ बुधबार o५:५६:oo

सन् १९९४ सम्म जेफ बेजोस वालस्ट्रिटको एउटा इन्भेस्टमेन्ट फर्ममा काम गर्थे । सो कम्पनीमा बेजेस राम्रै पोजिसनमा काम गरिरहेका थिए । उनी कम्पनीमा सिनियर भाइस प्रेसिडेन्टका रूपमा कार्यरत थिए । उनको पद र जिम्मेवारी हेर्दा उनले निकै राम्रो तलब, सुविधा पाउँथे भन्ने निश्चित छ । सोही जागिरमा अडिन सकेको खण्डमा उनले वर्षौं वर्षसम्म निकै सानदार जागिरे जीवनको आनन्द उठाउन सक्ने थिए । 

तर, जेफ बेजोस अलिक फरक स्वभावका थिए । त्यसैले, उनी त्यो बाटो हिँड्न तयार भएनन्, जुन उनका लागि सुरक्षित थियो । सन् १९९४ मा उनले त्यस्तो आकर्षक जागिर छाडिदिए, जुन जागिर पाउनेबारे मानिसले सपना देख्न मात्र सक्थे, विपनामा सो स्थान पाउन लगभग असम्भवजस्तै थियो । उनले कम्पनीको ठूलो आर्थिक सुरक्षालाई पलभरमै त्यागिदिए ।

जागिरबाट राजीनामा दिएर एकाएक त्यसरी हिँडेको देख्दा उनका सहकर्मी अत्यन्त अचम्मित भएका थिए । जागिर छाडेपछि उनी सियाटल गए । त्यहाँ उनले लाखौँ किताब अनलाइन बिक्री गर्ने कम्पनी बनाउने योजनामाथि काम सुरु गरे । उनको अथक मिहिनेतस्वरूप अन्ततः जुलाई, १९९५ मा अमेजन कम्पनीको विधिवत् शुभारम्भ भयो । अमेजनले बेजोसको दुनियाँ कहाँबाट कहाँ पु¥यायो, त्यसको साक्षी संसार छ । 

आज जेफ बेजोस संसारकै सम्पन्न व्यक्तिमध्येका एक हुन् । उनको सम्पत्ति लगभग एक सय ७२ अर्ब डलरबराबर छ । त्यतिखेर बेजोसले आफ्नो सुरक्षित जागिरे जीवनको मोहमा त्यो फरक बाटो हिँड्ने साहस नगरेको भए आज पनि उनी कुनै कम्पनीको तलब, सुविधामुनि काम गरिरहेका कुनै आमकार्यकारी हुने थिए ।

ad
ad
ad
ad