१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

असइ थमन विक हत्या प्रकरण : जिल्ला अदालतको फैसलामा जनमतको पनि असहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:१४:oo

असइ थमन विक हत्यासम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतको फैसलाप्रति जनमत पार्टीले पनि असहमति प्रकट गरेको छ।

मधेश आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरीका असइ विकको मुद्दामा बिहीबार सातजनालाई जन्मकैदको फैसला भएको छ। 

जिल्ला अदालतको उक्त फैसला अधिकार प्राप्तिका लागि गरिएका आन्दोलनको भावनाविपरीत रहेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले शनिबार जारी गरेकाे विज्ञप्तिमार्फत भनिएकाे छ।

‘सशस्त्र जनयुद्धमा गरिएका हजारौँ विभत्स हत्याकाण्डका असंख्य मुद्दाहरूमा अहिलेसम्म सोझा पीडित जनताले न्याय नपाउनु तथा अन्य विभिन्न आन्दोलनमा लागेको मुद्दाहरूलाई थाती राखी मधेशी, आदिवासी, जनजाति, थारू, मुस्लिमले आफ्नो अधिकार प्राप्तिका लागि गरेको संघर्षलाई अदालती फैसलाले यो देशमा सीमान्तकृत जनतामाथिको विभेदलाई अझ उदांगो बनाउने काम गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

अधिकार प्राप्तीका लागि गरिएका आन्दोलनको घटनालाई आपराधिक रुप दिएर पुनः न्याय प्रणालीमाथि प्रश्न चिह्न उठेको जनमतको ठहर छ।

यसअघि शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टीले विज्ञप्ती जारी गर्दै फैसलाप्रति असहमति प्रकट गरेको थियो। असइ विकको मुद्दामा लोसपाका सांसद अभिराम शर्मासमेत दोषी ठहर भएका छन्। निर्णय उल्ट्याउन माग गर्दै लोसपाले जलेश्वरमा विरोध प्रदर्शनसमेत गरेको छ।

ad
ad