१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १३:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ऋणीको नगर भेला बिथाेल्न आएका साहुकारद्वारा पत्रकारकाे माेबाइल ताेडफाेड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:३६:oo

महोत्तरीमा ऋणीहरूको संगठन किसान मजदुर संघर्ष समितिले नगर समिति गठन गर्न औरहीमा आयोजना गरेको भेला साहुकारहरूले बिथोलेका छन्। 

संघर्ष समितिको आह्वानमा कार्यक्रममा सहभागी हुन औरही आइपुगेका ऋणीहरूलाई साहुकारहरूले हुलहुज्जत गरेर भगाएका हुन्। 

उनीहरूलाई कुटपिटसमेत गरिएको पीडित पक्षले आरोप लगाएका छन्। सोही स्थलबाट भगाउन प्रहरीको समेत सक्रियता रहेको पीडितहरूले बताए।

औरहीमा भेला असफल बनाउन प्रहरीको भूमिका रहेको भन्दै संघर्ष समितिको तर्फबाट केहीबेर इलाका प्रहरी कार्यालयअगाडि समेत प्रदर्शन गरिएको हो। 

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले प्रहरीबाट दुई पक्षलाई भिड्न नदिन प्रयास मात्र भएको बताए। उनले औरहीमा दुई पक्षबीच हानाहानको अवस्था आएको र ठूलै दुर्घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सम्भावित दुर्घटना टार्न प्रहरीले जिम्मेवारी निभाएको बताए।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संघर्ष समितिको तर्फबाट औरहीमा भेला गर्ने भनेर जानकारी पाएको बताउदै अर्को पक्षबारे जानकारी नभएको बताए।

पत्रकारको मोबाइल फुटाइयो

औरहीमा संघर्ष समितिको कार्यक्रममा सहभागी हुन ऋणीहरू आइपुग्दा साहुकारसमेत उपस्थित थिए। भेला बिस्तारै तनावपूर्ण बन्याे। एक महिलामाथि आक्रमण भयाे। त्यसकाे भिडियो र फोटो खिच्दै गरेका शिरीष न्युजका समाचारदाता धर्वेन्द्रकुमार यादव (बाबु प्रेम यदुवंशी)को मोबाइल खोसेर तोडफाेड गरियाे। 

कुटपिटमा उत्रिएका साहुकारले भिडियो तथा फोटो कसैले पनि खिच्न नपाउन भनेर सञ्चारकर्मीकाे माेबाइल ताेडफाेड गरेकाे पत्रकार यादवले बताए। 

रिपाेर्टिङका लागि घटनास्थल पुगेका नयाँ पत्रिकाकर्मी रञ्जन भण्डारीको समेत साहुकारले मोबाइल र क्यामेरा खोस्ने प्रयास भएका थिए। उनी भने आफ्नो मोबाइल र क्यामेरा जाेगाउन सफल भए। 

ad
ad