बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम चिम्टीका आगलागीपीडितलाई सहयोग गर्ने भएका छन्।
बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्।
जनप्रतिनिधि र कर्मचारीहरू गरी झन्डै दुई सयभन्दा बढीकाे संख्यामा रहेका अध्यक्ष यादवले जानकारी दिए।
यसअघि बुधबार छिन्नमस्ताका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलब दिने निर्णय गरेका थिए। मंगलबार दिउँसो त्यहाँ भएको भीषण आगलागीबाट ६२ भन्दा बढी परिवार घरविहीन भएका छन्।