१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अदालतको आदेशविरुद्ध लोसपाको विरोध प्रदर्शन, निर्णय उल्ट्याउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३२:oo

२०७२ सालको मधेश आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरीका असइ थमन विकको हत्या अभियोगमा लोसपाका महासचिव तथा पूर्वराज्यमन्त्री एवं संसदीय दलका नेता अभिराम शर्मासहितका ७ जनालाई अदालतले दिएको जन्मकैदको सजाय मधेशीको विरुद्ध अदालतको अन्यायपूर्ण फैसला भएको भन्दै जलेश्वरमा विरोध प्रदर्शन गर्दै सो फैसला उल्ट्याउन माग गरिएको छ। 

जलेश्वरमा शुक्रबार विरोध र्‍यालीपश्चातको कोणसभामा बोल्दै लोसपा नेताहरूले सो माग गरेका हुन्। उनीहरूले राजनीतिक मुद्दालाई मधेशबाट मधेशी दललाई समाप्त पार्न सरकारको सुनियोजित योजनाअनुसार अदालतको सो फैसला आएको उनीहरूले आरोप लगाए। 

कोणसभामा बोल्दै लोसपाका केन्द्रीय उपाध्यक्ष रानी शर्मा तिवारीले केन्द्रमै समेत शीर्ष नेताहरूको बैठक चलिरहेको बताउँदै मधेशमा आजबाट आन्दोलनको बिगुल फुकिसकेको बताइन्। उनले जन्मकैद सुनाइएका सबै सातजना मधेशी नेता मधेशको हिरो भएको बताउँदै  हरेक घरमा अभिराम शर्मा, सुरेश पाण्डेय र शंकर शाहीजस्ता नेताले जन्म लिने बताइन्।

उनले अदालतको फैसला नसच्याइए मधेशमा ठूलो आन्दोलन हुने र त्यसको क्षति सरकारले नै व्यहोर्नुपर्ने बताइन्। केन्द्रीय  महासचिव तथा पूर्वसांसद परमेश्वर साहले अदालतको अन्यायपूर्ण फैसलाको मधेशमा विरोध हुनेमा दुईमत नभएको बताए। उनले आन्दोलनको समयमा भएको मृत्युलाई अदालतले हत्याभन्दा सोही आन्दोलनमा सुरक्षाकर्मीबाट मारिएका आन्दोलनकारीहरूको हत्याको इन्साफसमेत हुनुपर्ने बताए। उनले सम्पूर्णलाई आन्दोलनमा सघाउनसमेत आह्वान गरेका छन्। 

ad
ad